सिटिजन्स बैंकले रुपन्देहीमा गर्यो वृद्ध, अपांग तथा असहायलाई लौरो वितरण

  • Clock icon
    २०८२ असार २०, शुक्रबार ०१:३७

सिटिजन्स बैंकले वृद्ध, अपांग तथा असहायलाई लौरो वितरण गरेको छ । बैंकको सैनामैना नगरपालिका वडा नं ४, रुपन्देहीस्थित मुर्गिया शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वृद्ध, अपांग तथा असहाय व्यक्तिलाई लौरो वितरण गरिएको बैंकका शाखा प्रबन्धक कृष्ण पन्थीले जानकारी दिए ।

सैनामैना नगरपालिका वडा नं ४ को समन्वयमा आयोजित कार्यक्रम बैंकको मुर्गिया शाखा प्रांगणमा भएको थियो । कार्यक्रममा सैनामैना वडा नं ४ का १५ वटै टोलमा रहेका ४० जना वृद्ध, अपांग तथा असहायलाई हिँडडुलमा सहयोग पुगोस् भन्ने उद्देश्यले आधुनिक लौरो वितरण गरिएको बैकका शाखा प्रबन्धक पन्थीले जानकारी दिए ।

एक सय तीन वर्षीया वृद्धा आमा कस्तूरी विष्टलाई लौरो हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यस्ता विभिन्न समाजसेवाका कार्यहरू तिब्र रुपमा गर्दै आइरहेको छ ।