भुक्तानी प्रणाली स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटी)ले ‘स्मार्ट जुलाई’ अफर सार्वजनिक गरेको छ ।
जसअनुसार ग्राहकले बिगमार्टमा एससिटी–युपिआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँ छुट प्राप्त गर्नेछन् । १ जुलाईदेखि सुरु भएको यो अफर ३१ जुलाईसम्म जारी रहनेछ । छुट प्राप्त गर्न एससिटी–युपिआई कार्ड प्रयोग गरी पोस मेसिनमार्फत भुक्तानी गर्नुपर्नेछ । यो अफर ३१ जुलाई २०२५ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागू हुनेछ ।
एससिटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र सयभन्दा बढी सहकारी संस्थामार्फत कार्ड जारी गर्दै आइरहेको छ ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            