कतिले लिए भरतपुर महानगरपालिकाको सिपमूलक तालिम ?

भरतपुर महानगरपालिकाले मागमा आधारित सिपमूलक तालिममा सहभागी सात सय ७९ प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको छ ।

बिहीबार एक कार्यक्रमबिच महानगरले विभिन्न सिप क्षेत्रमा तालिम लिएका प्रशिक्षार्थीलाई औपचारिक रूपमा प्रमाणपत्र प्रदान गरेको हो । महानगरपालिकाले स्थानीय श्रमबजारको माग र दक्ष जनशक्तिको आवश्यकतालाई ध्यानमा राख्दै मेसन (ढलान र निर्माण), वारिस्टा (कफी तथा पेय पदार्थ तयार गर्ने), ड्राइभिङ र एड्भान्स ब्युटिपार्लर तालिम सञ्चालन गरेको थियो ।

तालिम समापन समारोहमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रशिक्षार्थीलाई संयुक्त रूपमा प्रमाणपत्र वितरण गरे ।