भिरबाट खसेको ढुंगाले लाग्दा जाजरकोटमा दुई किशोरीको मृत्यु

जाजरकोटमा सुरिहेको ठाउँमा भिरबाट खसेको ढुंगाले लाग्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ।

कुशे गाउँपालिका–३ तर्पेनाका नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला बुढा र र १४ वर्षीया चमेली बुढाको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

गएराति नौ बजे टहरामा सुतिरहेका बेला भिरमाथिबाट खसेको ठूलो ढुंगा टहरोमा बजारिँदा एकैठाउँमा सुतिरहेका दिदीबहिनीको मृत्यु भएको हो ।

उनीहरु बाख्रा हेरचाहको लागि निर्माण गरिएको अस्थायी टहरामा सुतिरहेका बेला घटना भएको हो।