नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गते देखि हकप्रद बिक्री खुला गर्ने भएको छ। कम्पनीले १०:३.४७ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ३४.७८३ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो।
कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७ सय ७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९ सय ६७ दशमलव ७६ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। हकप्रदमा साउ साउन २६ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीको जेठ ३० गते बुक क्लोज गर्ने निर्णयले जेठ २९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
शेयर निष्काशनको लागि एनआईएम बी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।