प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’ का खेलाडीहरुलाई जितको शुभकामना दिनुभएको छ ।
उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धाका लागि तयारीमा रहेको नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले आज शनिबार प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल संवादका माध्यमका माध्यमबाट सफलताको शुभकामना दिनुभएको हो ।
त्यस्तै राष्ट्यि खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई लगायतका पदाधिकारीले पनि महिला टोलीलाई शुभकामना दिनुभएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।