५ कम्युनिस्ट पार्टीहरूको बैठक पेरिसडाँडामा

  • Clock icon
    २०८२ असार २१, शनिबार १५:५५

विभिन्न ५ कम्युनिस्ट पार्टीहरूको बैठक नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ।

उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी)का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी छन्।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तुहरूमा छलफल भइरहेको छ।

 

 

  • Clock icon
    २०८२ असार २१, शनिबार १५:५५