नेपाल विरुद्ध उज्बेकिस्तान धेरै अगाडी

एएफसी एसियन कप छनोटअन्तर्गत उज्बेकिस्तानले नेपालविरुद्ध सुरुमै दबाब बढाएको छ।

दोस्रो मिनेटमा नै गोल गरेको उज्बेकिस्तानले त्यसपछि ११औँ मिनेटमा अर्को गोल थपेको हो।

खेलको पहिलो हाफ जारी रहँदा घरेलु टोलीविरुद्ध नेपाल २–० ले पछि परेको हो।

खेलको ११ औँ मिनेटमा उज्वेकिस्तानकी कप्तानको प्रहार नेपालकी गोलरक्षक अञ्जनालाई बिट गर्दै अघि बढेको बल डिफेन्डर समीक्षा घिमिरेलाई लाग्दै गोलमा परिणत भयो।

त्यसअघि खेलको दोस्रो मिनेटमा नै घरेलु टोलीले नेपालविरुद्ध अग्रता बनाएको थियो।