टाइब्रेकरमा उज्वेकिस्तानसँग पराजित हुँदै नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी एसियन कप छनोट चरणबाटै बाहिरिएको छ।
निर्धारित समयमा ३–३ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो।
टाइब्रेकरमा नेपाल उज्वेकिस्तानसँग ४–२ ले पराजित हुँदै समुह चरणबाटै बाहिरिएको हो।
नेपालका लागि गिता राना, सविता रानामगरको प्रहार सफल भयो। कप्तान सावित्रा भण्डारी साम्बा र गोलरक्षक अञ्जना राना मगरको प्रहार विफल भयो।
पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल थप्दै खेललाई बराबरीमा ल्याएको थियो। निर्धारित समयमा ३–३ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट हुने भएको हो।
खेलको ७१ औँ मिनेटमा कप्तान सावित्राले व्यक्तीगत दोस्रो गोल गर्दै नेपाललाई ३–२ को अवस्थामा ल्याईन्। त्यसको दुई मिनेटमा नै साम्बाले ह्याट्रिक पूरा गर्दा नेपाल ३–३ को स्थितीमा आएको थियो।
त्यसअघि खेलको दोस्रो मिनेटमा नै १–० ले अग्रता बनाएको उज्वेकिस्तानले ११ औँ मिनेटमा अग्रता दोब्बर पार्यो।
खेलको ११ औँ मिनेटमा उज्वेकिस्तानले आत्मघाति गोलमा नेपालविरुद्ध अग्रता दोब्बर पारेको हो। उज्वेकिस्तानकी कप्तानको प्रहार नेपालकी गोलरक्षक अञ्जनालाई बिट गर्दै अघि बढेको बल डिफेन्डर समिक्षा घिमिरेलाई लाग्दै गोलमा परिणत भयो।
खेलको १६ औँ मिनेटमा नेपालकी कप्तान सावित्रा भण्डारी साम्बाको पासमा रश्मी कुमारी घिसिङको प्रहार सिधै उज्वेकिस्तानकी गोलरक्षकको हातमा पुग्यो।
सुरुवात देखि नै दबाबमा परेको नेपालका लागि खेलको २४ औँ मिनेटमा साम्बाको गोलमा नेपाल २–१ को अवस्थामा आयो। उज्वेकिस्तानका डिफेन्डरलाई छक्याउँदै डिबक्स बाहिरबाट साम्बाले गरेको सशक्त प्रहारले सिधै पोष्टको जाली चुम्यो।
खेलको ३८ औँ मिनेटमा उज्वेकिस्तानले पेनाल्टी गोलमा नेपालविरुद्ध अग्रता फराकिलो पारेको छ। डिबक्सभित्र नेपालकी डिफेन्डर सरस्वती हमालको ह्याण्ड भएपछि उज्वेकिस्तानले पेनाल्टी मौका पाएको थियो।
पहिलो हाफको इन्ज्युरी समयमा साम्बाको फ्रिकीक प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो
पहिलो हाफको इन्ज्युरी समयमा उज्वेकिस्तान १० खेलाडीमा सिमित हुन पुग्यो। उज्वेकिस्तानकी इग्रासेभाले साम्बामाथि खराब ट्याकल गरेपछि रेफ्रिले रातो कार्ड देखाएपछि उज्वेकिस्तान १० खेलाडीमा सिमित बनेको थियो।
यो पनि पढ्नुहोस् :