मञ्जुश्री फाइनान्सद्वारा वीरगन्जस्थित केडिया आँखा अस्पताललाई दुई थान एसी सहयोग

मञ्जुश्री फाइनान्सले आरएम वीरगन्जस्थित आरएम केडिया आँखा अस्पताललाई दुई थान एसी सहयोग गरेको छ । फाइनान्सको वीरगन्ज शाखाले कर्पोरेट सामाजिक दायित्वअन्तर्गत अस्पताललाई एसी सहयोग गरेको हो ।

गर्मीमा प्रतीक्षालयमा रहने बिरामी तथा कुरुवालाई सहज होस् भनी उक्त सहयोग गरिएको फाइनान्सले जनाएको छ । पाँच दशकदेखि सर्वसाधारणलाई सेवा दिँदै आइरहेको उक्त आँखा अस्पताल नेपाल नेत्र ज्योति संघको नेतृत्वमा चल्दै आएको छ । फाइनान्सले अन्य शाखामार्फत पनि सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।