सेती नदी तटीय क्षेत्र : बाढीको सूचना दिन साइरन जडान

  • Clock icon
    २०८२ असार २२, आईतवार ०६:२६

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सेती नदी तटीय क्षेत्रका बासिन्दालाई बाढी बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजनाको बाँध र त्यसबाट तल्लो तटीय क्षेत्रमा पानीको सतहमा आउनसक्ने उतारचढावका विषयमा अग्रिम सूचना दिन साइरन जडान गरिएको हो ।

नदी सुरक्षा व्यवस्थापन योजना अन्तर्गत सेती नदीमा निर्माणाधीन बाँधस्थलभन्दा तल्लो तटीय क्षेत्र सेती नदी क्षेत्रका बासिन्दालाई बाढीजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम गरिएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो ।

वर्षायाम शुरू भएसँगै सेती नदी वरपरका बासिन्दालाई साइरन बज्दाको समयमा नदीभित्र वा नदी किनारबाट टाढा बस्न र किनार नजिक नजान सचेत गराइएको उहाँको भनाइ छ ।

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत० ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।

यसका लागि एशियाली विकास बै‌क (एडीबी) ले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन भएको छ ।

कम्पनीले आयोजनाबाट बिजुली उत्पादनपछि प्राप्त हुने बहाव र सेती नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना विकास प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

आयोजनाबाट बिजुली उत्पादन शुरू भएको पहिलो १० वर्षसम्म वार्षिक औसत उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने अनुमान छ ।

रासस

 

  • Clock icon
    २०८२ असार २२, आईतवार ०६:२६