बेलीब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओली आज हुम्ला जाँदै

  • Clock icon
    २०८२ असार २२, आईतवार ०६:४३

प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदै हुनुहुन्छ ।

कर्णाली करिडोरअन्तरगत पर्ने खार्पुनाथ गाउँपालिका ५ को च्वाखोला नदीमा निमार्णिधीन बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओेली हुम्ला जान लाग्नु भएको हो ।
पुल उद्घाटनका लागि प्रधानमन्त्री आउने भएपछि हुम्लामा केही दिनदेखि तयारी थालिएको थियो । निर्माणाधीन पुलको काम तीव्र रुपमा अघि बढाएर सम्पन्न गरिएको छ ।

प्रधानमन्त्री शर्मा ओेलीसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि सँगै हुम्ला जाने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले पुलको उद्घाटन गरेपछि हुम्ला सदरमुकाम औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने छ ।

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामात्रै एउटा जिल्ला हो । २६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रुपमा राष्ट्रिय सडक सदरमुकाम सिमिकोटमा जोडिएको थिएन ।

यो पुल उद्घाटन भएसँगै हुम्लीवासीको २६ वर्षको प्रतीक्षा पूरा हुने भएको छ ।

  • Clock icon
    २०८२ असार २२, आईतवार ०६:४३