बागमती प्रदेश – बजेट आज पास हुने

  • Clock icon
    २०८२ असार २२, आईतवार ०९:४३

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट आज असार २२, आइतबार संसद्‌बाट पास गर्ने तयारी गरेको छ।

त्यसका लागि आज बिहान ११ बजे प्रदेश सभाको बैठक बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट आज पास गर्ने तयारी गरिएको हो।

असार १२ देखि जारी बजेट छलफलमा विवाद भएपछि हिजो शनिबार असार २१ गते साँझ बसेको प्रदेश सभा बैठकबाट पूरक प्रस्ताव स्वीकृत भएको छ।

सत्तारुढ दलकै सांसदले बजेटमा असन्तुष्टि जनाइरहेका बेला सरकार नेतृत्वकर्ता कांग्रेसको संसदीय दलले आफ्ना प्रदेश सभा सदस्यलाई बजेटका पक्षमा उभिन ह्विप जारी गरेको छ।

 

  • Clock icon
    २०८२ असार २२, आईतवार ०९:४३