बझाङ स्थित बुंगल हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने कसले कति पाउँछन् ?

  • Clock icon
    २०८२ असार २२, आईतवार १५:०१

बुंगल हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यही असार २९ गतेदेखि प्रथम चरणको सार्वजनिक प्राथमिक सेयर आईपीओ बिक्री खुला गर्ने भएको हो ।कम्पनीले जारी पुँजीको ३५ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपियाँका दरले २९ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसअनुसार पहिलो चरणमा ८ लाख ३० हजार कित्ता आयोजना प्रभावित र २ लाख ७ हजार ५०० कित्ता आईपीओ श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा अति प्रभावित क्षेत्र बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नं। ६ ९साबिक पिपलकोट गाविस बडा नं ५, र ७० वडा नं ७ ९साबिक कफल्सेरी गाविस वडा नं। १० र सामान्य प्रभावित क्षेत्र बुंगल नगरपालिका वडा नं। १, २, ३, ४, ५, ८, ९, १० र ११० का बासिन्दाले आवेदन दिन सक्नेछन् ।

अति प्रभावितका लागि ५ लाख ३९ लाख ५०० कित्ता र सामान्य प्रभावित क्षेत्रका लागि २ लाख ९० हजार ५०० कित्ता छुट्याइएको छ । दुवै श्रेणीका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावितका लागि निष्कासन बन्द छिटोमा साउन ११ गते हुनेछ भने ढिलोमा साउन २६ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ११ गतेभित्रै आवेदन दिइसक्नुपर्नेछ । प्रथम चरणको आईपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन हुनेछ ।