हरिशयनी एकादशीको पावन अवसरमा सम्पूर्णमा शुभकामना। यो पर्व केवल धार्मिक आस्थासँग सीमित नभई प्रकृति, पर्यावरण र मानव सह अस्तित्वबारे गहिरो सन्देश बोकेको छ।
तत्कालीन समयका बैद्य, गुरु तथा ज्ञानीहरूले समाजलाई स्वास्थ्य, सन्तुलन र प्रकृतिप्रतिको कर्तव्य सम्झाउन यी पर्वहरू प्रचलनमा ल्याएका थिए।
हामी सबैले सम्भव भएसम्म घरमा तुलसी जस्ता औषधीय वनस्पति रोपौं, जसले स्वास्थ्य लाभसँगै वातावरण संरक्षणमा समेत सहयोग पुर्याउँछ।
यो पर्व कुनै भेदभाव, निषेध वा मान अपमानको आधार होइन, बरु मानव र प्रकृतिको सह अस्तित्वको जरुरी सन्देश हो। पिपल, बर, तुलसी जस्ता वनस्पति केवल वनस्पति होइनन्, यी हाम्रो जीवन, संस्कार र प्रकृतिको रक्षा गर्ने आधार हुन्।