अफताब छुटेपछि शरीरका खत बोकेर काठमाडौं आएका गौरीशंकर रौतहटको राजपुर फरहदवामा २०६४ चैत २७ गते भएको बम विस्फोट र इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनामा प्रमाण नपुगेको भन्दै पूर्वमन्त्री अफ्ताब आलमलाई उच्च अदालत वीरगञ्जले सफाइ दिएपछि, सो घटनामा घाइते भएका भारत बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार काठमाडौं आएका छन्।
उनी आफूमाथि भएको अन्याय र घटनाको विवरण सुनाउन राजधानी आइपुगेका हुन्।