हवाई फायरद्धारा लागुऔषधसहित ४ जना पक्राउ

  • Clock icon
    २०८२ असार २२, आईतवार १९:१९

ठूलो मात्रामा लागुऔषधसहित ४ जाना पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरोले एक भारतीय नागरिकसहित ४ जनालाई सेतो र खैरो हेरोइनसहित पक्राउ गरेको हो।

ब्यूरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार पक्राउ परेकामध्ये एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६.५ किलोग्राम सेतो हेरोइनसहित नियन्त्रणमा लिइएको हो भने अन्य ३ जनालाई मोरङको रंगेलीबाट ४०० ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ।

ब्यूरोका अनुसार ६५ वर्षीय भारतीय नागरिक राकेश वहाबलाई बैंककबाट काठमाडौँ आइपुगेपछि विमानस्थलमा लगेज जाँच गर्दा सेतो हेरोइन लुकाइराखेको अवस्थामा पक्राउ गरिएको हो।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखा कार्यालय गौचरनमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

यस्तै, विशेष सूचनाका आधारमा ब्यूरो र इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएको संयुक्त टोलीले रंगेली नगरपालिका–८ स्थितबाट ४५ वर्षीया भारतीय नागरिक हसिना खातुन, ३८ वर्षीय सुशिल बुढाथोकी र ५४ वर्षीय किर्तनन्द ठाकुरलाई पक्राउ गरेको हो।

उनीहरुलाई नियन्त्रणमा लिन एक राउन्ड हवाई फायरसमेत गरिएको प्रहरीले जनाएको छ।

  • Clock icon
    २०८२ असार २२, आईतवार १९:१९