गोपालमान कड्किएपछि नोकझोक, बैठकबाट देउवा वेपत्ता

  • Clock icon
    २०८२ असार २२, आईतवार १९:३४

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र नेता गोपालमान श्रेष्ठबीच नोकझोक चलेको छ ।

आज आइतबारको बैठकमा गोपालमानले आफूलाई २०७४ सालको चुनावमा अन्तर्घात गरेर चुनाव हराइएको भन्दै आपत्ति जनाए । त्यस क्रममा देउवाले रोक्न खोज्दा पनि उनी रोकिएनन् ।

‘७४ सालको चुनावमा बदमासी गर्नेलाई उन्मुक्ति दिइयो । सभापति देउवा हुनुहुन्थ्यो । रामचन्द्र पौडेलजीले अनुशासनको कारबाही सर्वसम्मत हुनुपर्छ भनेर बोल्नुभयो । तर उहाँको कुरा सुनेर अनुशासनको कारबाही गर्नुभएन,’ श्रेष्ठले भने, ‘७४ मा मैले जितेको चुनाव सूर्यमा भोट हालेर अर्कैलाई जिताएँ । मेरो क्षेत्रमा सूर्यमा भोट हालेर मलाई हराए । किसुजनीलाई जस्तै हराइयो ।’

आफूलाई हराउनेलाई कारबाही होलाजस्तो लागे पनि त्यस्तो नभएको उनको भनाइ थियो । ‘तनहुँमा रामचन्द्र पौडेलको क्षेत्रमा गोविन्दराज जोशीलाई कारबाही गर्नुभयो । कैलालीमा पुष्करनाथ ओझालाई कारबाही गरियो,’ श्रेष्ठले भने, ‘अरु ७५ जिल्लाका अन्तर्घाती मान्छेलाई साढे छोड्दा झै छोड्नुभयो ।’

७९ मा पनि चुनाव हराउँछन् भनेर आफू नउठेको उनको भनाइ थियो । ‘मलाई हराउनेले माथि अवसर पाए । तर चुनाव हराउँछन् भनेर जानाजान म हार्न गइँन,’ उनले भने । यसैले आफूले धनराजलाई छाडेको उनको भनाइ थियो ।

समानुपातिकतर्फ ७४ सालमा ४० सिटबाट ७९ मा ३२ सिटमा झर्दा पनि पार्टीले चिन्ता व्यक्त नगरेको उनले बताए ।

‘४० सिटबाट ३२ मा कसरी झर्‍यौं रु ६र७ लाख भोट किन झर्‍यो । अहिले गगनजी क्रियाशील सदस्य नवीकरण भएनन् भनेर गुनासो गर्नुहुन्छ,’ उनले भने, ‘अब २० सिटमा आउने हो रु के कारणले ८ सिट घट्यो ? एमालेले वर्चस्व बढायो, घण्टी आयो, हामी कहाँ पुग्यौं रु’

आफूलाई पार्टीमा वरिष्ठ नेता बनाउने समझदारीलाई पनि देउवाले लत्याएको भन्दै श्रेष्ठले गुनासो गरेका छन् ।

‘१४ औं महाधिवेशनमा समर्थन गर्‍यौं । १५ मा तपाईंलाई छाड्छु भन्नुभएको थियो । तर के गर्नुभयो ? म सबैभन्दा सिनियरमध्येको हुँ । तर मलाई हेला गरियो,’ श्रेष्ठले भने, ‘नेताहरूलाई आफ्नै गाडीमा कुदाउने, पाल्ने मान्छे गोपालमान हो । तर यो बेवास्ता ?’

श्रेष्ठ आलोचनामा उत्रिएपछि देउवा बैठकबाट वेपत्ता भएका थिए ।

  • Clock icon
    २०८२ असार २२, आईतवार १९:३४