मेट्रो रेलमा लगानी गर्न बेलायतका लगानीकर्तालाई आग्रह

  • Clock icon
    २०८२ असार २४, मंगलवार ००:२३

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा मेट्रो रेलमा लगानी गर्न बेलायतका लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालमा यातायात पूर्वाधारमा लगानीको अधिक सम्भावना भएको उल्लेख गर्दै उनले त्यसबाट लाभ लिन आग्रह गरेका हुन् ।

नेपाली राजदूतावास युके लन्डन र सोसाइटी अफ नेपलिज इन्जिनियर्स युकेले संयुक्त रूपमा आयोजित बिटुबी मिटिङमा नेपाली पक्षले यस्तो आग्रह गरेको हो । कार्यक्रममा नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द्र कुँवरले पनि बेलायत र जर्मनीका लगानीकर्ताहरूसँग मेट्रो रेलमा लगानी गर्न आग्रह गरेका थिए । कार्यक्रममा लगानी बोर्डका सिइओ ज्ञवालीले नेपाल जर्मन उद्योग वाणिज्य संघका साथै युकेका लगानीकर्तालाई संयुक्त रूपमा लगानी जुटाई अगाडि बढ्न आग्रह गरे ।

नेपाल जर्मन चेम्बरले नेपालका विभिन्न क्षेत्रहरुमा लगानी गर्नका लागि जर्मन सरकार त्यहाँका व्यापारी व्यवसायीहरुसँग आग्रह गर्दै आइरहेको छ ।