भर्नु भयो ‘सिटिजन्स सदाबहार योजना’ तपाईं मात्र छुट्नुहोला नी ?

  • Clock icon
    २०८२ असार २४, मंगलवार ००:४७

१३ असारदेखि सार्वजनिक निष्कासन भएको ‘सिटिजन्स सदाबहार योजना’ मा लगानीकर्ताले शुक्रबार (२७ असार) साँझ ५ बजेसम्म मात्रै आवेदन दिन पाउनेछन् ।

सिडिएस एन्ड क्लियरिङका अनुसार सोमबार साँझसम्म ५५ हजार पाँच सय आवेदकले तीन करोड ७३ लाख ४३ हजार एक सय एकाइका लागि आवेदन दिएका छन् । योजनाको प्रतिइकाइ १० रुपैयाँका दरले पाँच करोड एकाइ बिक्रीमा आएको छ । कुल पाँच करोड एकाइमध्ये ७५ लाख एकाइ वा कुल बिक्री भएको एकाइ संख्याको कम्तीमा १५ प्रतिशत एकाइ सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी चार करोड २५ लाख एकाइ सार्वजनिक निष्कासनमा आएको हो । लगानीकर्ताले न्यूनतम १०० र अधिकतम ५० लाख एकाइको माग गरी आवेदन दिन सक्नेछन् ।

खरिदकर्ताले मेरो सेयर खाता वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन् ।