नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने

  • Clock icon
    २०८२ असार २४, मंगलवार ०७:१३

नेपालले ६ र ९ सेप्टेम्बरमा दशरथ रंगशालामा बंगलादेशसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । फिफाको अन्तर्राष्ट्रिय म्याच विन्डोअन्तर्गत नेपाल र बंगलादेशबिच मैत्रीपूर्ण खेल हुन लागेको छ ।

यो मैत्रीपूर्ण खेलले नेपालको एसियन कप तयारीअगाडि राम्रो अभ्यास हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एसियन कप छनोटको समूह ’एफ’मा नेपाल, मलेसिया, लाओस र भियतनाम छन् । नेपालले मलेसिया र लाओससँग खेल गुमाइसकेको छ । मलेसियासँग २–० र लाओसँग पहिलोपटक २–१ ले नेपाल पराजित भएको थियो । नेपालको आगामी छनोट खेल ९ अक्टोबरमा भियतनामविरुद्ध खेल्नेछ । यो खेल भियतनामकै मैदानमा हुनेछ । अंकतालिकामा नेपाल अन्तिममा छ ।