जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज असार २४, मंगलबारको सम्भावित वर्षाबारे जानकारी दिएको छ।
आज दिनमा : सबै प्रदेशका पहाडी भूभागका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षारहिमपात हुने सम्भावना छ।
आज रातमा : बागमती प्रदेश र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षारहिमपात हुने सम्भावना छ।