रुसका पूर्वयातायात मन्त्री रोमन स्टारोभोइट मृत फेला परेका छन्।
रुसको अनुसन्धान समितिले पूर्वमन्त्री स्टारोभोइट हिजो सोमबार मृत भेटिएको बीबीसीले जनाएको छ ।
उनलाई राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार नै पदबाट हटाएका थिए।
उनलाई बर्खास्त गर्नुको कुनै कारण दिइएको थिएन।
त्यसको केही समयपछि नै उनको स्थानमा उपयातायात मन्त्री आन्द्रेई निकितिनलाई मन्त्री नियुक्ति गरिएको थियो।
अनुसन्धान समितिले यो घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेको बताएको छ।
स्टारोभोइटलाई मे २०२४ मा यातायात मन्त्री बनाइएको थियो।
यसअघि उनी लगभग ९ वर्षसम्म कुर्स्क क्षेत्रका गभर्नर थिए।
सोमबार स्टारोभोइटलाई मृत घोषणा गर्नुअघि पत्रकारहरूले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई कुर्स्कमा भएका घटनाका कारण पुटिनले स्टारोभोइटप्रति विश्वास गुमाए कि भनेर सोधेका थिए।
जवाफमा पेस्कोभले भने, ‘यदि विश्वास गुमाएको भए यो कुरा राष्ट्रपतिको आदेशमा लेखिएको हुन्थ्यो। त्यस्ता कुनै शब्द प्रयोग गरिएको छैन।’