रसुवामा बाढी- पुल, सडक, घर तथा मान्छेहरू बगायो

रसुवामा बाढीले पुल गोसाइँकुण्ड नगरपालिका-३ मा चीनतर्फबाट आएको भोटेकोसीको बाढीले नेपाल – चीन जोड्ने मितेरी पुल बगाएको छ। त्यहाँ रहेका गाडीहरू पनि बगाएको छ।

‘केही मान्छेहरू पनि बगाएको खबर आएको छ, अहिले के कति हताहत वा क्षति बताउन सकिने स्थिति छैन, त्यसकै खोजी तथा उद्धारमा प्रहरी लगायत सर्वसाधारण लागेका छन्’, प्रहरीले सञ्चार माध्यमलाई जनाएका छन् ।

केही मानिस बाढीमा फसेकाले उद्धारको प्रयास भइरहेको छ ।