रसुवामा मंगलबार बिहान भोटेकोसीको बाढीमा परी बेपत्ताहरूको पहिचान सार्वजनिक गरेको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार भन्सार यार्डमा काम गर्नेमध्ये ९ नेपाली र ६ जना चिनियाँ गरी १५ जना सम्पर्कविहीन छन्।
यस्तै उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत ३ जना प्रहरी कर्मचारी पनि बेपत्ता छन्।
सम्पर्कविहीन ३ प्रहरीमा प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इ.प्र.का.टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोसी गा.पा.वडा नं.०४ बस्ने वर्ष ४२ को प्र.स.नि. लालबहादुर श्रेष्ठ र जि.प्र.का.पर्सा दरबन्दी भई इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बारा फेटा गा.पा.वडा नं.०१ बस्ने वर्ष २४ को प्र.ज.मुन्ना ठाकुर र प्र.चौ. लाङटाङ रसुवा दरबन्दी भई इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बझाङ बुंगल न.पा.वडा नं.०९ बस्ने वर्ष २३ को प्र.ज.लोकेन्द्र बोहोरा छन्।
यस्तै चिनियाँ नागरिकमा चाइनिज पुरुष नागरिक वर्ष नखुलेका यु युए, चाइनिज पुरुष वर्ष नखुलेको लि हुक्वाइङ, चाइनिज पुरुष नै वर्ष नखुलेका याङ चुआन, चाइनिज पुरुष नै वर्ष नखुलेका यु हाइ हाङ, चाइनिज पुरुष नै वर्ष नखुलेका यु छिआओ कुई, चाइनिज पुरुष नै वर्ष नखुलेका जोउ योङ बाढीमा बेपत्ता छन्।
यस्तै बेपत्ता नेपालीमा जिल्ला बर्दिया बस्ने वर्ष ३६ को जिपन चौधरी, त्यही ठेगानाका वर्ष ३५ का सन्तोष दइत सोही ठेगानाका वर्ष २५ का बुद्धिराम राम थारु वर्ष २४ का लक्ष्मीनारायण थारु वर्ष ३० का सुरेश थारु छन्।
यस्तै बागलुङका वर्ष नखुलेका नरेन्द्र वि.क. ७. सिन्धुपाल्चोक घर भएका कन्टेनर डिब्बा चालक वर्ष नखुलेका फुर्वा लामा, वतन नखुलेको मिक्चर चालक वर्ष पनि नखुलेका गोविन्द मोक्तान वतन नखुलेका हाइलक्स चालक वर्ष पनि नखुलेका लोकमान तामाङ छन्।
यसैबीच रसुवा उत्तरगया गा.पा. ०५ उत्तरगयाधामको खोला किनारमा पुरुष व्यक्तिको दाहिने खुट्टासहित गुप्ताङ्ग फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।