चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब रेमिट्यान्स

मानी पैसा बिदेशी मुद्रा money

चालू आर्थिक वर्ष २०८१ -८२ को ११ महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो। यो वर्ष भने यस्तो वृद्धिदर गत वर्षभन्दा कम भएको हो।

जेठ महिनामा मात्रै भने १ खर्ब ७६ अर्ब ३२ करोड रहेको रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। अघिल्लो वर्षको सोही महिनामा १ खर्ब २८ अर्ब ९१ करोड भित्रिएको थियो।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६ खर्ब ६८ अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड रहेको थियो।