स्मार्ट ओखलढुङ्गा : विद्यालयमा हाजिरी, घरमा जानकारी

school विद्यालय

तपाईं विद्यार्थी हुनुहुन्छ? वा विद्यार्थी हुँदा कहिलेकाहीँ कक्षा छाडेर साथीभाइसँग कुनै रमाइलो गर्नका लागि भाग्नुभयो किरु वा आक्कलझुक्कल समाचारमा देखिने हाजिरी गरेर जागिर पचाउने शिक्षक त हुनुहुन्नरु कतिपय अवस्थामा रमाइला लाग्ने यस्ता घटना ओखलढुङगा सुनकोशी गाउँपालिकाका विद्यार्थी तथा शिक्षकले अब अनुभव गर्न नपाउने भएका छन्।

विद्यार्थीले विद्यालयमा हाजिर गर्दा घरमा अविभावकलाई जानकारी दिने स्मार्ट हाजिरी प्रविधि सुरुवात गरिएपछि सुनकोशी गाउँपालिका – ९ मा रहेको कटुन्जे माध्यमिक विद्यालयका विद्यार्थीले अब यस्तो अनुभव सँगाल्न पाउने छैनन्। किनकि घरबाट अध्ययनका लागि विद्यालय हिँडेपछि उनीहरू साँच्चि नै विद्यालय गए कि गएनन् अभिभावकले घरमै बसेर थाहा पाउने छन्।

विद्यालयमा विद्यार्थीको नियमितता र अनुशासन कायम गर्न स्मार्ट हाजिरी व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष झनकुमार कार्कीले बताए। “विद्यार्थीले बिहान र बेलुका स्मार्ट आइडी कार्ड ट्याप गरी आफ्नो हाजिरी दिने छन्।” उनले भने, हाजिरी ट्याप भएलगत्तै विद्यार्थीको उपस्थितिको सुनिश्चित गर्दै शैक्षिक गुणस्तरमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कार्कीको भनाइ छ।

डिजिटल प्रणालीले विद्यालयमा शैक्षिक व्यवस्थापनमा पारदर्शिता, स्रोतको सही सदुपयोग र समयको बचत सुनिश्चित गर्ने प्रधानाध्यापक कृष्णप्रसाद पुडासैनीले बताए। अब शिक्षकले हाजिरी पुस्तिका बोकेर कक्षामा जानुपर्ने बाध्यता हटेको उनी बताउँछन्।

स्मार्ट हाजिरी मात्र नभई विद्यालयले लेखा व्यवस्थापन, शिक्षक कर्मचारीको बिदा अभिलेखीकरण, पुस्तकालय सेवा परीक्षाफल तयारी, सूचना प्रबाह, संवाद संयन्त्रलगायतका कार्य पनि एकीकृत डिजिटल सफ्टवेयर प्रणालीमार्फत सञ्चालन थालेको छ।

यसअघि नै विद्यालयले प्रविधिमा आधारित सूचना अभिभावकको मोबाइलमा सन्देशमार्फत शिक्षण प्रणालीलाई प्राथमिकतामा राख्दै स्मार्ट बोर्ड पुग्ने व्यवस्था मिलाइएको छ।” प्रयोग, व्याबहारिक कम्प्युटर तालिम, बुक फ्री गुड फ्राइडे कार्यक्रम, स्काउट गतिविधि, शिक्षक तालिम, शैक्षिक भ्रमण, मन्टेसोरी शिक्षण विधि र क्यान्टिन सञ्चालन जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको थियो।

विद्यार्थीको जस्तै शिक्षकका लागि पनि ई(हाजिरी व्यवस्था गरिएको अध्यक्ष कार्कीले जानकारी दिए।

 

आजको गोरखापत्रबाट