एशियन लाइफ इन्स्योरेन्सको आजबाट हकप्रद बिक्री खुला कहिलेसम्म आवेदन दिन मिल्ने ?

Asian life

एशियन लाइफ इन्स्योरेन्सले आज असार २५ गतेदेखि हकप्रद बिक्री खुला गरेको छ। कम्पनीले १स्०।४२ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ४२ प्रतिशत हकप्रद निष्काशन गरेको हो।

कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २ सय ४८ रुपैयाँको १ करोड ४२ लाख ७९ हजार ३ सय १२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ। यस हकप्रदमा साउन १३ गतेसम्म आवेदन दिन सकिने छ।

कम्पनीले हकप्रद निष्काशनको लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जेठ १४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।