नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे स्वतः अध्यक्षमा

birendra pandey

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको २२औं वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे परिसंघको विधान अनुरुप स्वत: अध्यक्षमा चयन भएका हुन् ।

एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डे २०७५ देखि परिसंघको उपाध्यक्ष बनेका थिए ।
परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले अध्यक्ष वीरेन्द्रराज पाण्डेलाई सपथ ग्रहण गराउँदै पदभार हस्तान्तरण गरे ।

पाण्डे सरल मिजासिलो हुनुका साथै विषेशगरी बजेट र मौद्रिक नीति तथा व्यवसायिक क्षेत्रका मुद्दामा बढी चासो राख्नुका साथै सल्लाह सुझाउनेमा व्यक्तिमा पर्दछन् ।