मञ्जुश्री फाइनान्सको इटहरी शाखाले विद्यालयलाई गर्यो विभिन्न सामग्री सहयोग

मञ्जुश्री फाइनान्सको इटहरी शाखाले इटहरी– ७, बज्रास्थित लक्ष्मी माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक तथा आवश्यक सामग्री सहयोग गरेको छ ।

फाइनान्सले आफ्नो सामाजिक दायित्वअन्तर्गत उक्त विद्यालयलाई २० थान पंखा, १३ थान डस्टबिन, १० थान बाल्टिन, आठ कार्टुन सेनेटरी प्याड, एक थान वाटर डिस्पेन्सर सहयोग गरेको छ । त्यसका साथै एक थान प्रिन्टर तथा स्क्यानर गरी जम्मा एक लाख ३० हजार रुपैयाँबराबरको सामग्री विद्यालयलाई दिएको हो । प्राथमिकदेखि माध्यमिक तहसम्म विद्यार्थीलाई शिक्षा दिँदै आइरहेको सो विद्यालयमा साढे तीन सय विद्यार्थी छन् ।

फाइनान्सले अन्य शाखामार्फत पनि सामाजिक कार्यमा सहयोग गर्दै आएको छ । हालसम्म २२ अर्ब निक्षेप संकलन गरी करिब १८.२ अर्ब कर्जा परिचालन गरेको छ । हालसम्म फाइनान्सले २७ वटा शाखा र एक विस्तारित काउन्टरमार्फत ग्राहकलाई सेवा दिइरहेको छ ।

मञ्जुश्री फाइनान्स संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अग्रपङ्क्तिमा रहेर सेवा गर्ने संस्थामा पर्दछ ।