चालू आव ०८१/८२ को भुक्तानी बन्द हुनुअघि एकैदिनमा सरकारी निकायले खर्च बढाएका छन् ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, ०७७ अनुसार आर्थिक वर्ष सकिनु एक साताअगावै भुक्तानी निकासा बन्द गर्नुपर्ने हुन्छ ।
जसअनुसार मंगलबार एकैदिनमा सरकारी निकायहरूले १९ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी भुक्तानी निकासा दिएका छन् ।
सो दिन सात अर्ब १४ लाख चालू खर्च भएको छ भने पुँजीगत खर्च ८ अर्ब ९२ करोड ५० लाख रुपैयाँ भएको छ । त्यस्तै, ऋणको साँवाब्याज भुक्तानीमा एकैदिन तीन अर्ब ५३ करोड ६६ लाख खर्च भएको छ ।