पूर्वराष्ट्रपति विद्यादेवीको समर्थनमा गीत

  • Clock icon
    २०८२ असार २६, बिहीबार ०९:३१

गर्नुपर्ने काम धेरै छन्
गर्न विश्राम धेरै छन्

पाउन सम्मान धेरै छन्
अघि अघि बढ माताश्री

सत्यको रथ चढ माताश्री

परिश्रम गर माताश्री
निरन्तर लाग माताश्री

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन गरिएको गीत बजारमा आएको छ ।

नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणासँगै आमचर्चामा रहेकी भण्डारीलाई नेतृत्वमा स्थापित गराउने अभिप्राय बोकेको गीत सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।

‘गर्नुपर्ने धेरै काम छन्’ बोलको उक्त गीतको भिडियोलाई पूर्व राष्ट्रपति पक्षधर एमाले कार्यकर्ताले सञ्जालमा शेयर गरिरहेका छन् ।

कुटीको शब्द-संगीत र सन्जय सुब्बा तुम्रोकको स्वर रहेको गीतलाई विजय मास्कीले रेकर्ड गराएका हुन् । गीतमा राष्ट्रपतिका रूपमा उहाँले गरेका कामको चर्चा गरिएको छ ।

गीतको भिडियोमा भण्डारीले विभिन्न समारोहमा उच्चपदस्थ नेता तथा पदाधिकारीहरूसँग खिचेका फोटोहरू देखाइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँगको फोटो पनि राखिएको छ ।

जबजको रक्षा र विकासका लागि विद्याको अनिवार्यता झल्काउन मदन भण्डारीलाई पनि भिडियोमा प्रस्तुत गरिएको छ । गीतले भण्डारीलाई अघि बढ्न प्रेरित गरेको छ ।

 

  • Clock icon
    २०८२ असार २६, बिहीबार ०९:३१