चिडियाखानामा वनदेवी पूजा

  • Clock icon
    २०८२ असार २६, बिहीबार ०९:०२

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा असारे पूजा (वनदेवी पूजा) गरिएको छ । जनावरहरुको रक्षा र सुःस्वास्थ्यका लागि विधिवत रुपमा पूजाआजा गरिएको जनाइएको छ ।

पूजाआजाको सामग्री विसर्जन आज चिडियाखानाकै पोखरीमा गरिने छ । हरेक वर्ष असारमा वनदेवी पूजा गर्ने प्रचलन छ । चिडियाखानामा मात्र नभएर देशभरका राष्ट्रिय निकुञ्जमा यस्तो पूजा गरिने गरिन्छ ।
पूजाआजा असार महिनाभित्र अनुकूल दिनमा गरिन्छ ।

‘यो पूजा विशेषतः निकुञ्जहरुमा गरिन्छ । वर्षाको समयमा निकुञ्ज बन्द हुन्छ । जनावरको सुःस्वास्थ्य र वर्षाबाट रक्षाका लागि यो पूजा गरिने हो । असार महिनाको जुनसुकै दिन गरेपनि हुने चिडियाखानाले जनाएको छ ।

यस्तो पूजा विगत लामो समयदेखि गरिँदै आएको हो ।
कोभिडलगायत विभिन्न कारणले केही समय पूजा गरिएन । यस वर्षदेखि पुनः शुरुवात गरिएको हो ।

कर्मचारीहरु सहभागी हुने गरेको पूजामा पाँच देखि १० हजार रुपैयाँ खर्च हुने गरेको छ ।

 

  • Clock icon
    २०८२ असार २६, बिहीबार ०९:०२