खाली गाउँ सजिएको बाटो : कृष्णप्रसाद धिताल

नेपालमा संघियताको आगमन संगै गाँउगाँउमा बाटोहरु पुगेका छन् । खानेपानीका धाराहरु घर घरमा जोडिएका छन । इन्टरनेटको पहुँच अधिकाँश ठाँउहरुमा पुगेको छ । नेपालमा विकासको चित्र बिगत दुई दशकभित्र  ब्यापक रुपमा परिवर्तन भएको देखिन्छ ।

बिकास संगै बिडम्बना पनि जोडिएर आएको छ । गाँउहरु खाली हुदै गएका छन । उब्जाउमुखि फाँटहरु बाँझिदै गएका छन । घरहरु ढल्दै गएका छन, अनि युवाहरु जो देश सम्बृद्धिको नायक बन्नुपथ्र्यो उनीहरु गाँउबाट शहर,शहरबाट बिदेश पलायन भैरहेका छन ।

हरेक दिन हजारौँको संख्यामा त्रिभुवन बिमानस्थलबाट धेरै सपनाहरु बोकेर  जनशक्ति जाहाज चढिरहेका छन । हरेक बर्ष लाखौ संख्यामा युवा विदेशिनु केवल रोजगारीको खोजी मात्रै हैन देशप्रति निराशाको प्रमाण पनि हो । शिक्षित युवाले स्वदेशमा आफनो क्षमता अनुसारको काम पाउदैनन ।

ग्रामिण क्षेत्रमा अझै पनि शिक्षाको गुणस्तरमा बृद्धि हुन सकेको छैन । सिपमुलक तालिमहरुको पहुँच न्युन छ । स्थानिय सरकारले उनीहरुलाई योजना निमार्ण वा रोजगारी सिर्जनामा अझै प्रभावकारी हिसावमा समाबेश गराउन सकेका छैनन ।

कतिपय पहाडी गाँउहरु प्राय सुनसान जस्तै भएका छन् केहि बर्ष अघिमात्र दोलखा,रुकुम,भोजपुर,अछाम लगायतका गाँउहरुबाट हजारौ मानिसहरु बैदेशिक रोजगारीका लागि गएका तथ्यहरु सरकारी तथा गैरसरकारी संस्थाहरुको अध्ययनले देखाएको थियो ।

अर्को तर्फ कृषि प्रणाली अलपत्र अबस्थामा छ । कृषिमा लगानी र नवप्रवर्तनको अभावले गर्दा युवाहरुलाई खेतीपातीमा भन्दा बिदेशी मेहेनतमा आकर्षण बढेको छ। यिनै कारणले गर्दा गाँउका होनाहार जनशक्ति सहर हुदै, हुँदा खानेहरु खाडीका  र हुनेखानेहरु युरोप अमेरिका पसिरहेका छन ।

आजकल गाउँघर केवल बालबालिका ,महिला र बृद्धबृद्धाको थलो बनेको छ । कतिपय पहाडी गाँउहरु प्राय सुनसान जस्तै भएका छन् केहि बर्ष अघिमात्र दोलखा,रुकुम,भोजपुर,अछाम लगायतका गाँउहरुबाट हजारौ मानिसहरु बैदेशिक रोजगारीका लागि गएका तथ्यहरु सरकारी तथा गैरसरकारी संस्थाहरुको अध्ययनले देखाएको थियो ।

दु:ख को कुरा के हो भने विकासको नाममा आएका सडकले उत्पादन भन्दा बढि युवा पलायन हुन मद्दत पुर्याएको छ । गाडी चढेर गाउँबाट बाहिरिनेहरु फर्कने छाँट छैन यदि फर्कीहालेमा उनीहरूले गाँउमा लगानी गर्ने प्रेरणा पाउँदैनन् । विकास गाँउ पसेको छ । विकासले गाउँका युवालाई पर्खदैछ।

२०६२/६३ को जनअन्दोलन पछि नेपालमा संघिय शासन प्रणाली लागु भएसंगै स्थानिय तहलाई बजेट,योजना र कार्यान्वयनको अधिकार दिइयो ।

गाँउपालिका-नगरपालिकाहरुले सडक,भवन,खानेपानी,स्वास्थ्य,बिजुली,इन्टरनेट लगायतका भौतिक पुर्वाधार निमार्णमा उल्लेखनिय प्रगति त गरे, तर प्रश्न उठ्छ – के भौतिक पुर्वाधारले मात्र समृद्धि सम्भव छ ? के हामीले चाहेको बुझेको विकासको मर्म यहि हो ? विकास भनेको केवल कंक्रिटको संरचना मात्रै हो ?  विकास भनेको आम मानिसको जीवन स्तरमा सुधार,अवसरमा पहुँच र युवाहरुको आत्मसम्मानमा बृद्धि हो । तर स्थानिय,प्रदेश र संघिय सरकारले युवाहरुलाई रोजगारी सिर्जना गर्नै सकेनन् ।

उनीहरुको उद्यमशीलताको कदर र पहिचान गर्न सकेन, र गाँउमै सम्मानजनक जीवनयापनको संम्भावना देखाउन सकेनन् ।

२०७८ सालको जनगणना अनुसार शहरी जनसंख्या ६६.०८ प्रतिशत र ग्रामिण जनसंख्या ३३.९२ प्रतिशत पुगेको थियो त्यसपछिका वर्षमा यसको चित्र अझ विकराल देखिने आकलन गरिन्छ ।

२०६८ जनगणनामा १७ं.०७ प्रतिशत शहर र ८२.९३ प्रतिशत ग्रामिण जनसंख्या रहेको तथ्यांक आएको थियो । यो तथ्यांकले गाँउहरु रित्तिदै छन भन्ने कुराको स्पष्ट संकेत गरिरहेको छ । यसरी दिनप्रतिदिन गाँउहरु खाली हुने अबस्थाको अन्त्यको लागि तिनै तहका सरकार जिम्मेवार हुनुपर्ने देखिन्छ ।

अहिले गाँउमा रहेका युवा जनशक्ति धेरै जसो कृषि,पशुपालन,पर्यटन, हस्तकला तथा साना ब्यवसायमा आबद्द हुन सक्ने दक्षता  राख्दछन । तर त्यसको उपयोग हुन सकेको छैन ।

यसका समाधानका उपायहरु के हुन सक्छन:-

  • युवामैत्री निति ː युवा उद्यममा कर छुट, अनुदान,सस्तो कर्जा,तालिम
  • कृषिमा आधुनिकता ːपरम्परागत खेतीलाई ब्यावसायिक बनाउने,सहकारी र प्रविधीमैत्री बनाउने
  • स्थानिय रोजगारी सिर्जना ː गाँउ गाँउमा साना उद्योग,इको टुरिजम,सिपमुलक उद्यम प्रोत्साहन गर्न स्थानिय तहको अग्रसरता
  • शिक्षा र सिप ːगाँउमै प्राविधिक तालिम ,उद्यमशिलता कार्यक्रम
  • योजना निमार्णमा युवा सहभागिता ː स्थानिय योजनामा युवाको मत,सहभागिता,र नेतृत्व सुनिश्चितामाथि उल्लेखित कुराहरुमा ध्यान दिन सकेमा हामीले युवा पलायनलाई रोक्न सक्ने परिस्थितीको सिर्जना हुन सक्छ । राज्यले साँचो अर्थमा देशको समृद्धि, विकास चाहेको हो भने विकाससंगै आम युवाहरुको आत्मलाई पनि गाँउमै राख्न सक्नुपर्छ र बाहिर रहेकाहरुलाई पनि उचित वातावरण निर्माण गरी फर्काउन सक्नुपर्छ । युवालाई देशमै अबसरका सम्भावनाहरु देखाईदिनुपर्छ । उनीहरुको क्षमता र श्रमलाई गाँउमै सदुपयोग गर्न सक्ने बाताबरण बनाईदिनुपर्छ । यदि हाम्रो ,सोचमा परिवर्तन गर्न सकिएन भने गाँउको विकास त अझ राम्रो होला तर त्यो विकासलाई हेर्ने,भोग्ने र सम्हाल्ने मानिस कोहि पनि रहने छैनन ।                                                                                                                                                                    लेखक :कृष्णप्रसाद धिताल कलाकार रंगकर्मी हुन यसका साथै उनले मुलुकको राजनीति लगायत सामाजिक विकृति विसंगतिमा चासो राख्दछन् ।