छाडा तीज गीतविरुद्ध गृहमन्त्री लेखकलाई बुझाईयो १० बुँदे ध्यानाकर्षण

छाडा तीज गीतविरुद्ध गृहमन्त्री रमेश लेखकलाई भेटेर राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले १० बुँदे ध्यानाकर्षण गराएको छ।

संस्थाले विकृति फैलाउने कलाकारलाई कानुनी दायरामा ल्याउन र गीत–संगीत विकास बोर्ड गठन गर्न माग गरेको हो। संस्थाले साइबर ब्यूरोमा विशेष सेल बनाइ कारबाही अघि बढाउने प्रतिबद्धता जनाएका छन्। पछिल्ला वर्षहरूमा तीजका गीतहरु तुलनात्मक रुपमा उत्शृङ्खल भएका टिप्पणीहरू आइरहेका थिए यसैलाई मध्यनजर गरी तीजका गीतको लहर आउनुअघि नै लोक सञ्चारकर्मी नेपालले ध्यानाकर्षण गराएको हो ।