राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राजावादी आन्दोलन राजावादीहरूले नै तुहाएको बताएका छन्।
राजावादी आन्दोलन राजावादीले नै तुहाए, शाहीले भनेका छन्,नवराज सुवेदीलाई जनताले अब पत्याउँछन् त उनले भने, राजालाई एयरपोर्टमा स्वागत गर्ने कार्यक्रमको मुख्य डिजाइनर मै थिएँ। नेतृत्व नै मैले गरेको थिएँ, मैले बाहिर चाहिँ भनिनँ। एयरपोर्टमा जुन भीड जम्मा भयो, त्यसबाट नेपालका नेता मात्रै तर्सिएनन्, अन्तर्राष्ट्रिय जगत् तर्सियो। र, अहिलेसम्म कुनै पनि पूर्वराष्ट्र प्रमुख एउटा जिल्लाबाट आफ्नो घर आउँदै गर्दा स्वागत गरेर घर ल्याउनेको लहर नेपालको इतिहासमा सबैभन्दा बढी जनमानस होलान्। महोल बन्यो अनि ४०/४५ वर्षअगाडि जनाले धिक्कार गरिसकेका, सक्रिय राजनीतिबाट फेज आउट भइसकेका मान्छेहरूको नेतृत्वमा एउटा समिति बन्यो। समितिबारे मलाईसम्म जानकारी छैन। मेरो पार्टी अध्यक्षलाई समेत जानकारी छैन। उहाँले कहीँ चपाएर बोल्नुभएको होला। पार्टी अध्यक्ष भएपछि चपाउनु पनि पर्छ। मैले पत्रिकाबाट थाहा पाएँ।
नवराज सुवेदी कमान्डर बने, मैले त को हो नवराज सुवेदी चिनेको पनि थिइनँ। मलाई त्यही दिन लाग्यो कि आन्दोलन तुहाउनका लागि समिति खडा गरे।