रोम लामा एकल साङ्गीतिक कार्यक्रम २०२५ साउदीको राजधानी रियादमा हुदै

रोम लामा एकल साङ्गीतिक कार्यक्रम २०२५ यही आउदो ०१ अगस्ट २०२५ का दिन साउदी अरबका राजधानी रियाद स्थित एकजिट १३ को सभा हलमा हुने भएको छ ।

चर्चित म्हेन्दो माया तथा तामाङ सेलो गायक रोम लामा तामाङ को रोम लामा एकल साङ्गीतिक कार्यक्रम २०२५ हुने भएकाले साउदी अरबमा रहेका नेपाली दिदिबहिनी दाजुभाइ व्यवसायी मित्रहरू सबै सबैलाई समयमा नै उपस्थित भइ यस कार्यक्रमलाई सभ्य अनि भव्य रुपमा सफल पार्न आयोजक संस्थाले सबैलाई निमन्त्रणा गरेको छ । साथै उक्त कार्यक्रममा प्रवेश निशुल्क हुने समेत जनाइएको छ ।

यसका साथै सहभागीहरुलाई सहजताका लागि नेपाली लालीगुराँस रेस्टुरेन्ट बथा देखि कार्यक्रम स्थल सम्म जान आउन गाडीको व्यवस्था र रात्री भोजनको पनि व्यवस्था गरिएको साउदी अरबबाट यम तमुले जनाउनुभएको छ ।