भारतको प्रमुख एफएमसिजी समूह र मल्टी–बिजनेस कर्पोरेसन धर्मपाल सत्यपाल ग्रुप (डिएस ग्रुप)अन्तर्गतको लोकप्रिय ब्रान्ड क्याच स्पाइसेसले नेपालमा पनि आफ्नो मसला ल्याउने घोषणा गरेको छ ।
कम्पनीले आफ्नो शुद्धता, स्वाद र इनोभेसनको परम्परालाई नेपाली भान्सासम्म पुर्याउने लक्ष्य राखेको जनाएको छ । साथै, नेपालमा यसको विस्तारले आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाउने विश्वास कम्पनीको छ । कम्पनीले वास्तविक स्वाद र सुवासलाई जीवित राख्न स्ट्रेट मसला, विविध मिश्रित मसला, पेस्ट तथा घोषणा मसला प्रस्तुत गरेको छ । अत्याधुनिक प्रविधि प्रयोग गरी बनाइएको मसलाको प्राकृतिक बास्ना, तेल, रङ र स्थायित्वलाई जोगिइरहने कम्पनीको दाबी छ ।
क्याच स्पाइसेस हाल काठमाडौ उपत्यकामा उपलब्ध भइसकेको छ भने चाँडै अन्य क्षेत्रमा पनि विस्तार गरिने बताइएको छ ।