भारतीय कमेडियन (हास्य कलाकार) कपिल शर्माले क्यानडाको ब्रिटिस कोलम्बियास्थित सरेमा खोलेको क्याफेमा बुधबार राति गोली प्रहार भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनले त्यहाँ ४ दिनअघि जुलाई ७ मा क्याप्स क्याफे उद्घाटन गरेका थिए।
मिडिया रिपोर्टअनुसार आक्रमणकारीहरूले क्याफेमा ९ राउन्ड गोली चलाएका थिए।
एनडीटीभीको रिपोर्टले खालिस्तानी आतंककारी हरजित सिंह लाडीले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेको छ।
हरजित सिंह राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) को सूचीमा रहेका मोस्ट वान्टेड आतंककारीमध्ये एक हुन् – बब्बर खालसा इन्टरनेसनलसँग सम्बन्धित छन्।
आक्रमणकारीले गोली चलाएको भिडिओ पनि बनाएका छन्, जुन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।