आज आलु महंगो च्याउ भयो महंगो

कालीमाटी तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज आलुको मूल्य बढेको छ। च्याउसहित कतिपय तरकारीको मूल्य भने घटेको छ। धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७०, सानो लोकल गोलभेँडा ३१, टनेलको गोलभेँडा ४९, रातो आलु ४५, सुकेको भारतीय प्याज ४४, लोकल गाँजर ९०, बन्दा २५, स्थानीय काउली ६५, हाइब्रिड सेतो मुला १७, लाम्चो भन्टा ३५, डल्ले भन्टा ४५, तने बोडी १८, मकै बोडी ४५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला २८, तराईको परबल ३५, घिरौँला ४१, झिँगुनी ५५, हरियो फर्सी डल्लो ३६, पाकेको फर्सी ४०, भिन्डी ४५, कन्य च्याउ १३५, डल्ले च्याउ ३२५, ब्रोकाउली ६५, न्युरो ९० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।