आगामी मौद्रिक नीति लचिलो र सकारात्मक छ : नेपाल बैंकर्स संघका अध्यक्ष कोइराला

सन्तोष कोइराला santosh

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिलाई नेपाल बैंकर्स संघले सकारात्मक, लचिलो भएको जनाएको छ। संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकिङ क्षेत्रले उठाएका धेरै सुझावहरू मौद्रिक नीतिमा समेटिएकाले संघ एकदमै सन्तुष्ट रहेको बताउनुभएको छ ।

ब्याजदर कोरिडरमा तलको सीमा २.७ प्रतिशत बनाइएको, घर कर्जाको सीमा १ करोडबाट बढाएर ३ करोड पुर्‍याइएको जस्ता विषयले बजार स्थिरता ल्याउने उहाँको धारणा रहेको छ ।

कोइरालाले रियल स्टेट तथा घर कर्जामा लोन टु भ्यालु रेसियोलाई ८० प्रतिशत र ७० प्रतिशत कायम गरिएको त्यस्तै, प्रोभिजनिङ नीतिमा पुनरावलोकन गर्ने कुरा सकारात्मक रहेको बनाउनुभएको छ ।

यस्तै गैर बैंकिङ सम्पत्तिका लागि सिर्जना भएको रेगुलेटरी रिजर्भ पूँजीमा समावेश गर्न सकिने व्यवस्था, र राइट इश्यूका लागि खुला वातावरण बैंकहरूका लागि सकारात्मक पहल भएको बताउनुभएको छ । समग्रमा आगामी मौद्रिक निति राम्रो रहेको उहाँको निष्कर्ष रहेको छ ।