राजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठक तीन बुँदे कागज गरेर छुटेका छन् ।
आज शुक्रबार प्रहरी नियन्त्रणमा रहेका पाठक साँझ तीन बुँदे कागज गरेर छुटेका हुन् । उनलाई तीन बुँदे कागज गराएर परिवारको जिम्मामा छाडेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
आफ्नो फेसबुकबाट संविधानले नचिन्ने भाषामा मेसेजहरू सम्प्रेषण नगर्ने,यसरी पोष्ट गरिएको मेसेजहरू डिलेट गर्ने र अबदेखि श्री ५ महाराजधिराज भनेर समाचार नदिने भनेर कागज गरी परिवारको जिम्मामा छोडेको प्रहरीको भनाई छ।
संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको आरोपमा उनलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            