साफ महिला यु-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । बंगलादेशमा जारी च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा पूर्णिमा राईले ह्याट्रिक पूरा गरिन् । उनले १८औं, ५३औं र ८३औं र ८८ औं मिनेटमा गोल गरिन् । सोनु परियारले २ गोल गरिन् । भुटानका लागि केल्देन वाङ्मोले एक गोल फर्काइन् ।
४ टोली सहभागि च्याम्पियनसिप डबल राउन्ड रोबिनका आधारमा हुनेछ ।
नेपालले दोस्रो खेल आइतबार बंगलादेशसंग खेल्नेछ ।