राजावादीहरू राजा ज्ञानेन्द्र शाहलाई श्री ५ भनेर सम्बोधन गर्दै लेख्न पाउनुपर्नेमा जोड दिएका छन् ।
यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले यो विषय संविधान र कानुनको विषय नभई आस्थासँग सम्बन्धित भएको तर्क गर्नुभएको छ ।
आफू पनि राजा शाहलाई त्यही रूपमा सम्मान गर्ने उहाँले उल्लेख गर्नुभएको छ ।
लिङ्देनले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘श्री ५, श्री १०८, श्री १००८ जस्ता सम्मानहरू व्यक्तिको आस्थासँग सम्बन्धित विषय हो। यो संविधान र कानुनको विषय होइन। नेपालमा अहिले पनि राजा ज्ञानेन्द्रलाई श्री ५ को रूपमा सम्मान गर्ने जनसमुदायको ठूलो र सशक्त पंक्ति छ। म पनि राजालाई त्यही रूपमा सम्मान गर्छु। राजा ज्ञानेन्द्रलाई श्री ५ले सम्बोधन गरेकै कारण कसैलाई पक्रने, सोधपुछ गर्ने वा थुन्ने काम गैरराजनीतिक र गैरप्रजातान्त्रिक कार्य हो।’
राजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजाधिराज’ भनेर विज्ञप्तिमा लेखेको विषयमा उनका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले सोधपुछ गरेपछि राजावादीहरूको ध्यानाकर्षण भएको हो ।
हिजो शुक्रबार बिहान पक्राउ गरिएका पाठकलाई आइन्दा शाहलाई ‘श्री ५’ नलेख्ने सर्तमा कागज गराएर काठमाडौँ जिल्ला प्रहरी परिसरले त्यही राति पौने ८ बजे रिहा गरिसकेको छ।
तीन बुँदे कागज गरेर छुटे राजा ज्ञानेन्द्रका संवाद सचिव
राजा ज्ञानेन्द्रका संवाद सचिव फणिराज पक्राउ