सरकारलाई तिर्ने कर डिजीटल बैकिङ र ऊर्जा क्षेत्रको लगानीमा नम्बर वान : नबिल बैँक

नबिल बैंक nabil

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार निजी जलविद्युत आयोजनाहरूमा बैंकहरूको कुल लगानी ४ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ,। यसमध्ये नबिल बैंकले मात्र ७१ अर्ब रुपैयाँ लगानी गरेर नेतृत्वदायी भूमिका खेलेको छ, जुन बैंकिङ क्षेत्रबाट जलविद्युतमा भएको कुल लगानीको करिब १७ प्रतिशत हो। नेपालमा डिजिटल बैंकिङ भित्र्याउनदेखि सरकारलाई कर तिर्नमा समेत नबिल अग्रणी रहँदै आएको छ ।

कुनै भौतिक शाखा कार्यालयबिना पूर्ण रूपमा डिजिटल प्रविधिबाट बैंकिङ सेवा दिने ‘निओ बैंक’ को सुरुवात पनि नबिलले नै गरेको छ नेपालमा केही वर्षदेखि नेपालको दिगो विकास लक्ष्यलाई आत्मसात गर्दै आफ्नो कारोबारमा वातावरण, समाज र सुशासनसँग सम्बन्धित सिद्धान्त अनुसरण गरिरहेको छ। वातावरण संरक्षण, सामाजिक समावेशीकरण, उत्तरदायी लगानी प्रवर्द्धन र वित्तीय साक्षरता विस्तारमा पनि बैंकले जोड दिएको छ । यसैगरी नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरशिप मार्फत समेत धेरैले सेवा लिइरहेका छन । यस लागायत बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका उल्लेख्य सहयोग गर्दै आइरहेको छ ।