कांग्रेससँगको सहयात्रा ०८४ चुनावसम्म हुने प्रम ओलीको दाबी

  • Clock icon
    २०८२ असार २८, शनिबार २०:५२

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्ता सहयात्रा ढुक्कले चुनावसम्मै जाने बताउनुभएको छ ।

आज शनिबार झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्दै ठूलो परिवर्तनका लागि सरकारले काम गरिरहेको स्पष्ट पार्नुभयो ।

‘यो सरकार ढल्छ ढल्छ भनेर कराउनेहरु कराउन्, सरकारको एक वर्ष बित्यो,’ ओलीले भन्नुभयो, ‘अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु। त्यसपछि हाम्रो सहमति बमोजिम नेपाली कांग्रेसका सभापति एवं मेरो लामो लोकतान्त्रिक आन्दोलनका सहयात्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिनेछ।’

उहाँले थप्नुभयो, ‘चुनावसम्म यो यात्रा जारी रहन्छ। म साथीहरूलाई ढुक्कले अघि बढ्न आग्रह गर्छु।’

 

  • Clock icon
    २०८२ असार २८, शनिबार २०:५२