ज्योति विकास बैंकले काभ्रेस्थित मंगलटार स्वास्थ्य चौकीलाई बेबी वार्मर उपकरण सहयोग

  • Clock icon
    २०८२ असार २९, आईतवार ००:५२
ज्योती विकास बैंक jyoti bikash

ज्योति विकास बैंकले काभ्रेको रोशी गाउँपालिका– ९ स्थित मंगलटार स्वास्थ्य चौकीलाई बेबी वार्मर उपकरण सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप)को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको हो । सुरक्षित प्रसूति सेवाको पहुँच दुर्गम क्षेत्रमा पनि सुनिश्चित गर्ने उद्देश्यले बैंकले आफ्ना शाखा नभएका स्थानमा पनि बेबी वार्मर उपलब्ध गराउँदै आएको जनाएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत यी तीनसहित हालसम्म देशभर ६२ वटा बेबी वार्मर मेसिन प्रदान गरिसकेको छ ।
ग्रामीण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुको जीवन जोखिममा पर्ने भएकाले त्यसबाट बच्नका लागि बैंकले उक्त मेसिन प्रदान गर्दै आएको छ ।