नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकले विराट मेडिकल कलेजमा विशेष छुट पाउने

  • Clock icon
    २०८२ असार २९, आईतवार ०१:१९
NIMB

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकले विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट पाउने भएका छन् । बैंकले विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होमसँग स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने गरी भिन्ना–भिन्नै सम्झौता गरेको हो ।

सम्झौताअन्तर्गत बैंकका ग्राहकवर्गले विराट मेडिकलमा सामान्य ओपिडी परामर्शमा ५० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, सामान्य ल्याब रुटिन, एक्स–रे, युएसजी,इसिजी, सिटी स्क्यान, एमआरआई, खुला अपरेसन थिएटरतथा सामान्य बेड सेवामा १० प्रतिशत छुट र विशेष परीक्षण, ल्याब अपरेसन थिएटर तथा आइसियू, एनआइसियू, पिआइसियूमा ५ प्रतिशत छुट दिने सम्झौता दुवैपक्षबिच भएको छ ।

त्यसैगरी विराट नर्सिङ होममा सामान्य ओपिडी परामर्श, एक्स–रे, युएसजी–इसिजी, खुला अपरेसन थिएटर तथा सामान्य बेड सेवामा १० प्रतिशत छुट पाउनेछन् । त्यसका साथै विशेष परीक्षण, ल्याब अपरेसन थिएटर, आइसियू, एनआइसियू, पिआइसियू, भेन्टिलेटर सेवा, क्याबिन तथा अस्पताल फार्मेसी सेवामा पाँच र र सिटी स्क्यान, एमआरआईमा ७५ प्रतिशत छुट पाउनेछन् ।यो छुट प्राप्त गर्न ग्राहकले एनआइएमबिका डेबिट, क्रेडिट कार्ड वा एनआइएमबि स्मार्ट एपमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।