राष्ट्रिय बीमा कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

  • Clock icon
    २०८२ असार २९, आईतवार १२:१५

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष दिनेश उपाध्यायको अध्यक्षतामा सम्पन्न बार्षिक साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त नाफार नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचिहरु मथि छलफल गरी पारित गरेका छ ।