सुनसरीको इनरुवामा पति पत्नी मृत फेला परेका छन् ।
आइतबार बिहान इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् ।
फुसको घरको धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा सुकदेवको शव फेला परेको सुनसरी प्रहरी कार्यालयले जनाएको छ ।
सवेताको शव भने ओछ्यानमा फेला परेको छ । सुकदेवको शरीर अर्ध नग्न अवस्थामा छ । उनकी श्रीमतीको शव भने बेडमा सुतिरहेको अवस्थामा छ । घटना शंकास्पद भएकाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
आज आइतबार केहिबेर अघि स्थानीयले घरभित्र दम्पतीलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।